|  

कोपा डेल रे को उपाधि बार्सिलोनालाई

१४ बैशाख, काठमाडौं । रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोनाले कोपा डेल रे को उपाधि चुमेको छ ।

गय रातिको निकै रोमाञ्चक फाइनल भिडन्तमा बार्सिलोनाले रियल माथि ३-२ गोलको जित हासिल गर्दै च्याम्पियन बनेको हो । निर्धारित समयमा २/२ को बराबरीमा खेल सकिएपछि अतिरिक्त समयको ११६ औँ मिनेटमा गोल गर्दै बार्सिलोनाले रोमाञ्चक जित हासिल गरेको हो ।