|  

इरानको बन्दरगाहमा भयानक बिष्फोटः १४ जनाको मृत्यु

१४ बैशाख, काठमाडौं । इरानको एउटा प्रमुख बन्दरगाहमा भएको विस्फोटमा परी १४ जनाको मृत्यु भएको छ। 

सो बन्दरगाहमा भएको विष्फोटमा ७५० जना घाइते भएको भनिएको छ । दक्षिणी सहर बन्दर अब्बास नजिकै रहेको देशको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाह शहिद राजाईमा हिजो विस्फोट भएको थियो। जसका कारण यसले नजिकैका भवनका झ्याल र छाना उडाएको छ भने नजिक राखिएका कारहरू ध्वस्त पारेको छ । स्थानिय बासिन्दाहरूले विस्फोटको प्रभाव ५० किलोमिटर अर्थात ३१ माइल टाढासम्म महसुस गरेको बताएका छन् ।