|  

सुनको मूल्य बढयो, चाँदी घट्यो

१४ बैशाख, काठमाडाैं । स्थानीय बजारमा सुनको मूल्य सय रुपैयाँले बढेको छ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार १ लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८९ हजार ७०० रुपैयाँ पुगेको हो । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने १० रुपैयाँले  घटेको छ। महासंघका अनुसार आज एक तोला चाँदी १९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला चाँदी २ हजार रुपैयाँ कायम भएको थियो ।