१४ बैशाख, काठमाडौं । कांग्रेस सहमहामन्त्रीका छोराले भाटभटेनीबाट रक्सी चोरेको र तीनलाई प्रहरीले समातेर छाडेको भन्ने अभिव्यक्ति प्रति काँग्रेसले संसदमा जवाफ माग गरेको छ ।
आजको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कांग्रेसका कुन सहमहामन्त्रीका कुन छोराले रक्सीको बोतल चोरेका हुन ? त्यो राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमाणित गर्नुपर्ने माग राखेका हुन् । उनले भनेका छन्, ‘नेपाली कांग्रेसका कुन चाँही सहमहामन्त्रीको कुन चाँही छोराले रक्सीको बोत्तल बोकेर हिँड्नुभएको हो त्यो प्रमाण पेस गर्नुपर्छ, होइन भन्ने उहाँको भनाइ रेकर्डबाट हटाउनुपर्छ ।’
शुक्रबारको संसद बैठकमा राप्रपा अध्यक्ष लिङ्देनले कांग्रेस सहमहामन्त्रीका छोराले भाटभटेनीबाट रक्सी चोरेको र तीनलाई प्रहरीले समातेर छाडेको भन्ने अभिव्यक्ति दिएका थिए । लिङ्देनले प्रतिनिधिसभा बैठकमा भाटभटेनीमा रक्सी चोर्नेमा कांग्रेस सहमहामन्त्रीका छोरा पनि रहेको जनाए पनि नाम भने उल्लेख गरेका थिएनन ।