१४ बैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला माझीले कलाकार स्वेता खड्काका कारण सिन्धुपाल्चोकका ५५ घर माझी परिवार कालोसूचीमा परेर विस्थापित बनेको आरोप लगाएकी छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद माझीले भूकम्पबाट घर भत्किएको माझी बस्ती पुनर्निर्माण गर्ने अभियान थालेकी खड्काले आफ्नो वचन पूरा नगरी बीचमै छाडेर हिँड्दा सिंगो माझी बस्ती नै कालोसूचीमा परेको बताएकी हुन । चौतारा साँगाचोकगढी नगरपालिका ११ को माझी बस्ती बनाउन भनी स्वेता खड्का फाउन्डेशनमार्फत घर निर्माण गरिएको तर उनले बीचमै छाडेर हिँडेपछि ५५ घरधुरी बैंकको कालोसूचीमा परेको बताइन ।
उनले भनेकी छन्, सेवाको भावनाले माझी बस्ती पुनर्निर्माण गर्ने अभियान थाल्नुभयो,जनसेवा देखाउन खोज्नुभयो । तर त्यो कर्तव्य निर्वाह गर्न सक्नुभएन, जसले गर्दा माझी बस्ती नै लिलाम हुने अवस्था छ ।’
नायिका खड्काले २०७२ को भूकम्पपछि उक्त माझी बस्ती निर्माण गर्न स्वेता खड्का फाउन्डेशनमार्फत अभियान चलाए पनि सो काम अलपत्र परेको थियो ।
नायिका स्वेताका कारण सिंगो माझी बस्ती नै कालोसूचीमा परेकाे सांसद माझी आरोप
