|  

निषेधित क्षेत्र तोड्दै संसद् भवन प्रवेश गर्न खोजेपछि प्रहरी र शिक्षकबीच धकेलाधकेल

१४ बैशाख, काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासंघले आज बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरी र शिक्षकबीच धकेलाधकेल भएको छ ।

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै जारी आन्दोलनको २६ औं दिनमा शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको हो । हिजो सरकारसँग भएको वार्ता निष्कर्षबिहीन भएपछि महासंघले आन्दोलनलाई निरन्तरता दिइरहेको छ । निषेधित क्षेत्र तोड्ने प्रयास गर्दै शिक्षकले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले पानीको फोहोरा हानेको छ । शिक्षकहरुले हिजै आज निषेधित क्षेत्र तोड्ने घोषणा गरेका थिए । उनीहरु निषेधित क्षेत्र तोड्दै संसद् भवन प्रवेश गर्ने तयारी गरेपछि प्रहरीले रोकेको हो । आज काठमाडौंको माइतीघरमा आन्दोलनका लागि आएका शिक्षकहरूले शिक्षकको माग पुरा गर, विद्यालय शिक्षा ऐन जारी गर लगायतका नारा लगाएका थिए ।