|  

धवल शमशेर उपचारपछि दिल्लीबाट फर्किँदै

१४ बैशाख, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणा आज स्वदेश फर्कँदैछन् ।

चैत १५ गते पक्राउ परेर थुनामा परेका राप्रपा महामन्त्री राणा ‘क्यान्सरका बिरामी’ भएकाले गत साता छुटेका थिए । क्यान्सरका बिरामी राणा गत साता हिरासतमुक्त भएपछि दिल्लीमा थप उपचारका लागि गएका थिए । भारतको राजधानी नयाँ दिल्लीमा उपचाररत राणा आज स्वदेश फर्किन लागेका हुन् । 
गत चैत १५ गते काठमाडौं, तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनलाई भड्काएको आरोपमा महामन्त्री राणालगायतका सयौं नेता(कार्यकर्ता पक्राउ परेका थिए ।