|  

सरकारको सम्पूर्ण तागत कुर्सी टिकाउनमै सिमित भएकाे माओवादी सांसद बस्नेतको आरोप

१४ बैशाख, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले सरकारको प्राथमिकतामा राष्ट्रिय र जनसरोकारका विषयहरू नरहेको आरोप लगाएका छन ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । राज्यका महत्वपूर्ण निकायहरूमा दलहरूको प्रतिनिधित्व कसरी गराउने र सरकार कसरी टिकाउने भन्नेमा सरकारले सम्पूर्ण तागत खर्च गरिरहेको उनले बताए । उनले शिक्षकहरू २६ दिनदेखि सडक आन्दोलनमा रहेको बताउँदै सरकारले माग सम्बोधन गर्न नसकेको आरोप लगाए । 

सांसद बस्नेतले विद्यमान कानुनभित्र समाधान गर्न सकिने विषयहरूमा पहल गर्न र समस्या समाधानको तदारुकता आग्रह गरे । उनले  शिक्षकहरूलाई विधेयक छिटै संसद्मा पेश हुन्छ भन्ने विश्वास दिलाउन सरकारलाई आग्रह गरे । कर्णाली प्रदेशमा आयोजना गर्ने भनिएको दसौँ राष्ट्रिय खेलकुदको मिति परिवर्तनको सिलसिला नरोकिएको भन्दै यसले खेल क्षेत्रलाई स्तब्ध बनाएको बताए ।