१४ बैशाख, काठमाडाैं ।काठमाडौंमा असिनासहितको वर्षा भएको छ। आइतबार दिउँसो असिना र हावाहुरीसहित वर्षा भएको हो ।
पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव देशका विभिन्न स्थानमा देखिएको छ ।