१४ बैशाख, काठमाडाैं । भारत र पाकिस्तानका सेनाहरूले कश्मीरमा लगातार तेस्रो रातसम्म गोली हानाहान गरेका छन् ।
भारतले पाकिस्तानमाथि सीमापार आतंकवादलाई समर्थन गरेको आरोप लगाएको छ । पहलगाममा २६ पर्यटकको मृत्यु हुनेगरी भएको हमलालाई भारतले कश्मीरमा एक चौथाइ शताब्दीदेखि नागरिकहरूमाथि भएको सबैभन्दा खराब आक्रमण भनेको छ ।
भारतीय सुरक्षा बलहरूले अप्रिल २२ मा पहलगाममा पर्यटकीय स्थलमा २६ पुरुषको हत्या गर्नेहरूको व्यापक खोजी अभियान सुरु गरेका छन् । भारतीय प्रहरीले फरार बन्दुकधारीहरूमध्ये दुई पाकिस्तानी नागरिकको नाम दिएको छ ।
भारतीय सेनाले आइतबार दुई देशलाई विभाजन गर्ने नियन्त्रण रेखा (एलओसी) मा ‘पाकिस्तानद्वारा सुरू गरिएको’ साना हतियारहरूको ‘अनावश्यक’ गोली हानाहान भएको जनाएको छ ।
पाकिस्तानले अहिलेसम्म पछिल्लो गोलीबारीको पुष्टि गरेको छैन ।