१४ बैशाख, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले वर्तमान सत्ता गठबन्धन नढलोस् भन्ने आफूहरूको चाहना रहेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारमा रहेका सत्ता गठबन्धनले गरेका गलत कार्य कतिसम्म जान्छ हेर्नका लागि समेत नढलोस् भन्ने चाहना रहेको बताएका हुन् ।
‘तर, सत्ता गठबन्धन ढल्न हुँदैन । गठबन्धनले यसरी नै काम गरिरहनुपर्दछ भन्ने हाम्रो कामना छ । किनभने, अझै धेरै हामीले देख्न बाँकी छ । हामी देख्न चाहन्छौं, कि कतिसम्म गिर्दो रहेछ । गिर्ने स्थान कति बाँकी रहेछ । त्यो देख्न चाहन्छौं । त्यसैले गर्दा पनि यो गठबन्धन नढलोस्, टिकिरहोस् भन्ने हाम्रो कामना छ,’ सांसद झाले भने ।