१४ बैशाख, काठमाडाैं । क्यानाडाको भ्यान्कुभरमा आयोजित सडक महोत्सवमा सवारी साधनले कुल्चिँदा ‘धेरै’ जनाको ज्यान गएको छ ।
भ्यान्कुभरमा फिलिपिनो समुदायले मनाउने लापु–लापु पर्वका अवसरमा आयोजित सडक महोत्सवमा सहभागीलाई लक्षित गरी चालकले सवारी जोतेका थिए । भ्यान्कुभरको इस्ट ४१ एभिन्यू र फ्रेजर स्ट्रिटमा स्थानीय समयअनुसार शनिबार राति ८ बजे घटना भएको हो ।
घटनामा कति जनाको हताहती भएको भन्ने अझै विवरण दिइएको छैन ।महोत्सवमा रमाइलो गरिरहेका बेला कालो एसयूभी मानिसहरुलाई लक्षित गरी दौडाएका थिए ।
प्रहरीका अनुसार उक्त सवारी साधनका चालकलाई नियन्त्रणमा लिइएको छ ।घटनामा संलग्न भएको आरोपमा प्रहरीले भ्यान्कुभरकै स्थानीय ३० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ ।