|  

टेम्पो चढेर संसद् आउजाउ गर्छिन् निवर्तमान शिक्षामन्त्री भट्टराई

१४ बैशाख, काठमाडाैं ।  निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सफा टेम्पो चढेर यात्रा गरिरहेको तस्वीरहरू यत्रतत्र सामाजिक सञ्जालमा यत्रतत्र भेटिन थालेका छन् ।

गत ८ वैशाखमा प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएकी भट्टराईसँग निजी सवारी साधन छैन । भट्टराईले राजीनामा दिएकै दिन क्वार्टर छाडेकी थिइन् । उनी राजीनामा दिनका लागि प्रधानमन्त्री निवास पुग्दा नै सरकारले उपलब्ध गराएको सवारी र सुरक्षाकर्मी छाडिसकेकी थिइन् ।

त्यसयता आफू घरबाट बाहिर निस्कंदा सधैं सार्वजनिक यातायात प्रयोग गर्ने गरेको भट्टराई बताउँछिन् । सांसद भट्टराई चाबहिल बसोबास गर्दै आएकी छिन् । आइतबारको संसद् बैठकमा सहभागी हुन आउने क्रममा पनि उनी चाबहिलबाट टेम्पो चढेरै नयाँ बानेश्वरसम्म पुगेकी थिइन् ।