|  

सत्य र न्यायका लागि पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई सुमना श्रेष्ठको आग्रह

 १४ बैशाख, काठमाडाैं । पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सत्य र न्यायका लागि पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई आग्रह गरेकी छन् ।

शिक्षकहरूमाथि प्रहरीले बल प्रयोग गरेपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले सत्य र न्यायको पक्ष लिन पार्टीको सदस्यता त्याग्न अनुरोध गरेकी हुन् । विधिसम्मत बस्ने कि अझै पनि कुनै राजनीतिकर्मी वा पार्टीको छत्रछायामा बसिरहने भन्ने विषयमा छान्न अनुरोध गरिन् ।

‘बुईमा चढाएर सत्तामा पुर्‍याएका नेताहरूले नै दमन गरेको उनको भनाई छ । ‘जो नेताहरूलाई तपाईंहरूले बुइँमा चढाई–चढाई सबैतिर पुर्‍याउनुभयो,आज वहाँहरूले तपाईंहरू माथि गरेको दमनले उहाँहरूको नैतिकता र चरित्रबारे उदाङ्गो पारिदिएको होला,’ उनले लेखेकी छन् ।