१४ बैशाख, काठमाडाैं । सप्तरीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
कंचनरूप नगरपालिका–१० बदगामास्थित पूर्वपश्चिम राजमार्गमा आइतबार मध्याह्न प्र १–०१–००१ ख ३४२० नं.को बस अनियन्त्रित भई दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसमा रहेका एक जना पुरूष र एक जना महिलाको मृत्यु भएको हो । उनीहरूको पहिचान खुलेको छैन । अर्का मृतक सप्तकोशी नगरपालिका–१का ७५ वर्षीय रक्तबहादुर मगरातिको पहिचान खुलेको छ।
दुर्घटनामा परी अन्य २२ जना घाइते छन्। प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ।