आइतवार २९ बैशाख, २०८२  | Sunday 11 May, 2025 

गगन थापाविरूद्ध अदालतको अवहेलना मुद्दा

१४ बैशाख, काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरूद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दर्ता भएको छ ।

अधिवक्ता अनन्तराज लुईंटेल लगायतले थापालाई अवहेलनामा कारबाही हुनुपर्ने माग राखी निवेदन दर्ता गरेका हुन् । उक्त निवेदनमाथि आगामी मंगलबार प्रारम्भिक सुनुवाइको मिति तोकिएको छ ।

केही दिनअघि थापाले  ५२ संवैधानिक पदाधिकारीहरुको मुद्दामा सर्वोच्च अदालतले डिल गरिरहेको भनी अभिव्यक्ति दिएका थिए ।

मुद्दाको सुनुवाइ भइरहेका बेला त्यसलाई प्रभावित पार्न अभिव्यक्ति दिएको भन्दै कारबाहीको मागसहित निवेदन दर्ता भएको हो ।