|  

पहलगाम हमलापछि भारतीय नौसेनाले गर्‍यो युद्ध अभ्यास

१४ बैशाख, काठमाडाैं । पहलगाम हमलापछि भारत र पाकिस्तानबिच तनाव बढेको छ । यही तनावका बिच भारतीय नौसेनाले युद्ध अभ्यास गरेको छ ।

भारतीय नौसेनाले यस अभ्यासमा भारतीय युद्धपोतहरूले लामो दूरीमा सटीक आक्रमण गरेर शत्रुको जहाजलाई डुबाएको बताएको छ । 

भारतीय नौसेनाका प्रवक्ताले भने, ‘भारतीय नौसेना जहाजहरूले लामो दूरीको सटीक हमलाहरू प्रदर्शन गर्न सफलतापूर्वक एन्टी–सिप फायरिङहरू गरेको छ ।’

नौसेनाका प्रवक्ताले अभ्याससँग सम्बन्धित केही तस्बिर र भिडियो जारी गरेका छन् । उनले थप लेखेका छन्, ‘भारतीय नौसेना जहाँ पनि, जुनसुकै समय र जुनसुकै तरिकाले देशको हितको रक्षा गर्न तयार छ ।’