१४ बैशाख, काठमाडाैं । प्रहरीले शिक्षक आन्दोलनमा तीन जना प्रहरीसहित २३ जना घाइते भएको जनाएको छ ।
आइतबार काठमाडौंको बानेश्वर क्षेत्रमा प्रहरी र शिक्षकबीच झडप हुँदा २३ जना घाइते भएको प्रहरीले जनाएको हो । तीन जना प्रहरी, एक जना पत्रकार र अन्य १९ जना शिक्षक घाइते छन्।
उनीहरूको ट्रमा सेन्टर, सिभिल अस्पताल र एभरेष्ट अस्पतालमा उपचार भइरहेको छ।प्रदर्शनमा एक लाख बराबरको क्षति पुगेको छ ।
प्रहरीको ब्यारिकेड भत्काएर क्षति पुगेको प्रहरीले जनाएको छ । शिक्षक महासंघले भने झडपको क्रममा ६१ जना शिक्षकहरू घाइते भएको बताएको छ।