१४ बैशाख, काठमाडाैं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आन्दोलनरत शिक्षकहरूमाथि प्रहरी बल प्रयोग गर्नु र स्थानीय तह लगाएर धम्की दिनु सरकारको कुशासनको अर्को उदाहरण रहेको बताएका छन् ।
‘शिक्षा ऐन ल्याउनुपर्ने मागसहित शिक्षकहरू सडक आन्दोलनमा उत्रेको झण्डै एक महिना भयो। पठन–पाठन र सरकारी भर्ना अभियान ठप्प छ, कक्षा १२ को परीक्षा समेत सरेको छ,’ कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्तो अवस्थामा शिक्षकहरूसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनीहरूमाथि प्रहरी बल प्रयोग गर्नु र पालिका लगाएर शिक्षकहरूलाई धम्क्याउनु सरकारको कुसाशनको अर्को उदाहरण हो।’
आज आन्दोलनरत शिक्षकहरूले प्रहरी घेरा तोड्न खोजेपछि झडप हुँदा ६१ जना शिक्षकहरू घाइते भएका थिए।