१४ बैशाख, काठमाडाैं । आइतबार दिउँसो शिक्षक आन्दोलनको क्रममा घाइते भएकी पत्रकार सबिना कार्कीको अहिले तिलगंगा आँखा अस्पतालमा उपचारका भइरहेको छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार चोटको कारणले गर्दा कार्कीको दुवै आँखाको लेन्सहरु सुन्निएको छ ।‘आँखाभित्र रगत जमेको (हाइफिमा) छ । जसले गर्दा भिजन एकदमै कम रहेको छ । आँखाको छालाको माथिल्लो भाग पनि च्यातिएको छ । चोटको कारण आँखाको प्रेसर पनि बढेको छ,’ स्रोतले भन्यो ।
स्रोतका अनुसा चोट, हाइफिमाको कारणले गर्दा रेटिनामा पनि मज्जाले हेर्न सकिएको छैन । ‘आँखाको नशाको भागहरूसम्म चाहिँ देखिएको छ । तर त्यसपछि रेटिनाको अवस्था कस्तो छ भनेर हेर्न सकिएको छैन । ’