|  

सानो पाइलाको अनुसन्धान सकियो, लामिछानेसहित ३० जनालाई प्रतिवादी बनाउन सुझाव

१४ बैशाख, काठमाडाैं । वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको छ ।

प्रहरीले गत शुक्रबार सरकारी वकिलको कार्यालय पर्सामा अनुसन्धान प्रतिवेदन बुझाएको हो । जसमा ३० व्यक्ति र ११ संस्था गरी ४१ जनालाई प्रतिवादी बनाउन प्रहरीले सुझाव दिएको छ । प्रतिवादीहरुबाट कूल १ अर्ब १२ करोड ६५ लाख ५५ हजार २६ रुपैयाँ बिगो मागदाबी हुनुपर्ने प्रहरीको राय छ ।

उक्त सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पनि प्रतिवादी बनाइएको छ । लामिछानेसँग ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबी गरिएको छ । सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशले लामिछाने अहिले जिल्ला कारागार कार्यालय रूपन्देहीका थुनामा छन् ।

सहकारी ठगी प्रकरणका मुख्य नाइके मानिएका गितेन्द्र बाबु राईसँग १० करोड ८१ लाख, नेपाल प्रहरीका पूर्व डिआईजी ३ करोड २४ रुपैयाँ, ढोरपाटनका मेयर देवकुमार नेपालीसँग १५ करोड ५३ लाख बिगो माग दाबी गर्नुपर्ने प्रहरीको सुझाव छ ।