|  

लगानी बोर्डद्वारा रणनीतिक तथा व्यवसायीक योजना स्वीकृत

१४ बैशाख, काठमाडाैं । लगानी बोर्डले आफ्नो रणनीतिक तथा व्यवसायीक योजना स्वीकृत गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आइतबार बसेको बैठकले लगानी बोर्डको कार्यालयको रणनीतिक तथा व्यवसायीक योजना स्वीकृत गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता प्रद्युम्न प्रसाद उपाध्यायले जानकारी दिए । 

त्यस्तै बैठकमा बोर्डका सिइओ सुशील ज्ञवालीले ६०औँ बोर्ड बैठकले गरेका निर्णयको कार्यान्वयनका विषयहरूका बारेमा जानकारी गराएको प्रवक्ता उपाध्यायले बताए ।  

बैठकका लागि तय भएका १९ वटा एजेण्डामध्ये आइतबार २ वटा एजेण्डामाथि मात्रै छलफल भएको र अन्य एजेन्डाका विषयमा अर्को साता बस्ने बैठकमा छलफल हुने उनले जानकारी दिए ।