|  

पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृ#त्यु, दुई घाइते

१५ बैशाख, काठमाडौं । पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा असारेका २३ वर्षीय जनक रेग्मी, ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विक रहेका छन् ।

गएराति  १०ः१० बजे पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्देश्वर असारेस्थित भित्री कच्ची सडकमा असारेबाट ठूलापोखरी जाँदै गरेको लु १ ज २३७७ नम्बरको जिप अनियन्त्रित सडकबाट खस्दा तीन जनाको मृत्यु भएको हो।

जिप सडकबाट झन्डै २ सय मिटर तल खसेको थियो । दुर्घटनामा दुई जना घाइते भएका छन्।घाइतेहरूको मिसन अस्पतालमा उपचार भइरहेको छ ।