१५ बैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध अन्त्य गर्न नचाहेको आरोप लगाएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीसँग भेट गरेपछि उनले यस्तो आरोप लगाएका हुन् । ट्रम्पले शनिबार आफ्नो सामाजिक सञ्जाल ह्यान्डल ट्रुथ सोसियलमा पोस्ट गर्दै भनेका छन् कि रुस र युक्रेनको मामिलामा जतिसुकै राम्रो युद्धविराम सम्झौता गरे पनि उनको आलोचना हुनेछ ।
क्याथोलिक धार्मिक नेता पोप फ्रान्सिसको अन्त्येष्टिका लागि शनिबार रोम पुगेका ट्रम्पले त्यहाँ जेलेन्स्कीलाई भेटेका थिए । सेन्टर पिटर्स स्क्वायरमा भएको यो छोटो बैठकको तस्बिर युक्रेनी अधिकारीहरूले जारी गरेका छन् ।उनले फेरि दाबी गरे, ‘यो युद्ध कहिल्यै हुनुहुँदैनथ्यो र यदि म राष्ट्रपति भएको भए यो कहिल्यै हुने थिएन।’