१५ बैशाख, काठमाडौं । मन्त्रिपरिषदको बैठक बस्दै छ । बैठक आज साँझ साढे ६ बजे बस्नेछ ।
बैठकमा सरकारले वैशाख १९ गते ल्याउन लागेको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल, आन्दोलनरत शिक्षक र चिकित्सकहरुका माग, नयाँ गभर्नर नियुक्ति लगायतका विषयमा छलफल हुनसक्ने बताइएको छ ।