|  

चार दिनभित्र माइतीघर-बानेश्वर सडक खाली गर्न यातायात व्यवसायीको ‘अल्टिमेटम’

१५ बैशाख, काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले चार दिनभित्र काठमाडौंको माइतीघर–नयाँ बानेश्वर सडक खाली गर्न ‘अल्टिमेटम’ दिएको छ ।

शिक्षक आन्दोलनका कारण सडक बन्द गरिँदा सार्वजनिक यातायात सेवा प्रभावित बनेको भन्दै महासंघ नेपालले यस्तो समयसीमा दिइएको हो ।

नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका सामुदायिक विद्यालयका शिक्षक २७ दिनयता काठमाडौंमा सडक आन्दोलनमा छन् । शिक्षक आन्दोलनका कारण उक्त क्षेत्रमा यातायात सेवा प्रभावित बनेको छ ।