|  

‘प्रहरी दमन मुर्दावाद’ भन्दै सडकमा उत्रिए शिक्षक

१५ बैशाख, काठमाडौं ।  शिक्षा ऐनलगायत विभिन्न माग राख्दै आज २७औँ दिनसम्म शिक्षकहरू आन्दोलनमा छन्।

आज शिक्षक नाराजुलुससहित सडकमा उत्रिएका छन् । झडपक्रममा चोट लागेका शिक्षक पनि ब्यान्डेज बाँधेर प्रदर्शनमा सहभागी छन् । उनीहरूले ‘प्रहरी दमन मुर्दावाद’, ‘शिक्षकलाई सम्मान गर’, ‘शिक्षक कर्मचारी एक हौँ’, ‘शैक्षिक दलाल होसियार’ लगायत नारा लगाएका छन् । य

स दिन शिक्षकले सरकारको चर्को विरोध गरेका छन् । उनीहरूले यसअघि रचनात्मक रूपमा प्रदर्शन गर्दै आएका थिए । प्रदर्शनक्रममा हिजो शिक्षक र प्रहरीबीच झडप भएको थियो ।

प्रदर्शनकारी निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेका थिए । उनीहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । उनीहरूलाई रोक्न प्रहरीले बल प्रयोग गरेको थियो ।