१५ बैशाख, काठमाडौं । नेपाल शिक्षक महासंघको २७ दिनदेखि जारी आन्दोलनमा नेकपा एकीकृत समाजवादीका नेताहरू पनि सहभागी भएका छन् ।
अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलगायतका नेताहरू शिक्षक आन्दोलनको समर्थन गर्न नयाँबानेश्वर पुगेका हुन् ।
तर एकीकृत समाजवादीका नेताहरुविरुद्ध शिक्षकहरूले नाराबाजी गरेपछि उनीहरू आन्दोलन स्थलबाट फर्किएका छन् । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले २७ औं दिनदेखि आन्दोलन गरिरहेको छ ।