|  

आगामी वर्षको बजेटले आर्थिक क्षेत्रलाई चलायमान बनाउँछः देउवा

१५ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी वर्षको बजेटले आर्थिक क्षेत्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेका छन्।

नेपाली कांग्रेस उद्योग तथा व्यापार विभागले सोमबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा देउवाले मुलुकलाई आर्थिक रुपमा सक्षम बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका हुन्।

उनले मुलुकको आर्थिक विकासमा सरकारका साथै निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले आगामी बजेटमा निजी क्षेत्रले उठाएका मागहरु सम्बोधन हुने बताए ।