१५ बैशाख, काठमाडौं । सत्तापक्ष र प्रतिपक्षी दुवै तर्फका सांसदहरूले शिक्षकहरूको आन्दोलन र विद्यालय शिक्षा विधेयकबारे संसद्मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जवाफ मागेका छन् ।
सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेकै सांसद सूर्य थापाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई जवाफ दिन आग्रह गरेका हुन् ।सांसद थापाले भने, ‘हामी शिक्षा विधेयक यो अधिवेशनबाट टुंग्याउने प्रक्रियामा छौं । सिंगो संसद् यसप्रति गम्भीर छ भन्ने अनुभूति देशले गर्ने गरी संसद्मा शिक्षामन्त्रीज्यूले विषयवस्तु राख्नुपर्छ । उहाँले संसद्मार्फत सिंगो देशलाई जानकारी गराउनुपर्छ ।’
एमाले सांसद थापाले हिजो शिक्षकको आन्दोलनका क्रममा बानेश्वर क्षेत्रमा घटनाप्रति दुःख व्यक्त गरेका छन् । शिक्षक र प्रहरी दुवै राष्ट्र सेवक भएको बताए । राष्ट्र सेवकमाथि हिजाको जस्तो व्यवहार गरिनु उचित नभएको उनले बताए ।