|  

एमालेको मधेस विरोधी सोचले हुलाकी राजमार्ग बन्न सकेन् : प्रभु साह

१५ बैशाख, काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा सांसद प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण हुलाकी राजमार्ग निर्माण हुन नसकेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा सांसद साहले एमालेको मधेस विरोधी सोचका कारण हुलाकी राजमार्ग समयमै निर्माण हुन नसकेको बताएका हुन् । उनले हुलाकी राजमार्गमा पर्ने मटिअर्वा-कलैया-पिलुवा सडक खण्ड अन्तरगतको कलैया बजार क्षेत्रमा पर्ने ३ किलोमिटर सडक बर्षौदेखी ठेक्का भएर पनि निर्माण नहुनुको कारण सरकारसंग जवाफ माग गरे । सरकारकै लापरवाहीले मटिअर्वा-कलैया-पिलुवा सडक निर्माण सम्पन्न नहुँदा सर्वसधारणले सास्ती खोप्न बाध्य भएको उनले बताए ।

यस्तै आजपा अध्यक्ष साहले गयराती आएको हावाहुरी र असिनापानीका कारण मधेस पुरै प्रभावित भएको बताए । बारा, रौतहट, पर्सा सहितका मधेसका जिल्लामा सर्वसधारणको बालीनालीमा क्षति पुगेको र जनजिवन प्रभावित भएको छ । आँप, लिचि सहित तरकारी खेतीमा क्षति पुगेको बताउदै उनले किसानलाई राहत दिनुपर्ने माग सरकारसंग गरे । प्राकृतिक प्रकोपबाट पीडितलाई राहत तथा अवरुद्ध सेवाहरु सूचारु गर्नका लागि उनले सरकारसंग जोडदार माग गरेका छन ।