१५ बैशाख, काठमाडौं । अमेरिकाले गरेको हवाई आक्रमणमा परेर अफ्रिकी आप्रवासीहरूलाई राखिएको जेलमा कम्तीमा ३० जनाको मृत्यु भएको यमनको हुथी विद्रोहीहरूले बताएका छन् ।
यो खबरमा अमेरिकी सेनाले कुनै पनि प्रतिक्रिया जनाएको छैन । यमनको साद गभर्नोरेट हुथीहरूको बलियो पकड भएको ठाउँ हो ।
यही ठाउँमा एक जेलमा इथोपिया र अन्य अफ्रिकी देशका आप्रवासीहरूलाई राखिएको थियो ।