|  

सरकारको काम परिणाममुखी हुनुपर्नेमा गगन थापाकाे जाेड

१५ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा बस्नेले परिणाम दिने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागले आज काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै थापाले सरकारको काम परिणाममुखी हुनुपर्ने बताएका हुन् । थापाले भने, ‘कांग्रेस सरकारमा बस्नका लागि मात्र गएको होइन । सरकारमा गएपछि कांग्रेसले काम गर्नुपर्छ, परिणाम दिनुपर्छ। रिजल्ट चाहिन्छ । हामी त रिजल्टमा काम गर्न चाहन्छौँ ।’

उनले वर्तमान सत्ता समीकरणलाई निरन्तरता दिइने पनि स्पष्ट पारे ।