|  

संवादबाट समाधान खोज्नुपर्नेमा शिक्षकमाथि प्रधानमन्त्रीले बल प्रयोग गरेः वर्षमान पुन 

१५ बैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले जारी शिक्षक आन्दोलन समाधान गर्नुको साटो सरकार दमनमा उत्रिएको भन्दै आपत्ति जनाएका छन् ।

आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै पुनले शिक्षकका माग सुन्नुको साटो सरकारले दमनको भाषा बोलेको बताएका हुन् ।  आन्दोलनरत शिक्षक र प्रहरीबीच हिजो बानेश्वर क्षेत्रमा झडप भएको थियो । प्रहरीले पानीको फोहोरा र लाठी चार्ज गर्दा एक सञ्चारकर्मीसहित ६० जनाभन्दा बढी घाइते भएका थिए ।
 
पुनले विगतमा सरकारसँग तीन चरणमा भएका सहमति पालना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । लोकतन्त्रमा जनताका आवाज र असन्तुष्टिको समाधान वार्ता र संवादबाट खोजिनुपर्नेमा प्रधानमन्त्री केपी ओलीले नै बल प्रयोग र हठ प्रदर्शन गरेको उनको टिप्पणी छ ।