१५ बैशाख, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उड्डयनको क्षेत्रमा भइरहेको भ्रष्टाचार नियन्त्रण र दोषिलाई आवश्यक कारबाही गर्न कुनैपनि कसर बाँकी नराख्ने बताएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’माथिको सैद्धानितक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले विमानस्थल निर्माण र एयरक्राप्टसँग सम्बन्धित भ्रष्टाचारका मुद्दाहरुमा सम्बन्धीत निकायहरुले अध्ययन गरिरहेको उनको दाबी छ । उनले प्रतिवेदन आइसकेपछि गुण र दोषको आधारमा दोषिलाई कारबाही गर्न मन्त्रालय दृढताका साथ काम गर्ने बताए । उनले सौर्य एयरलाइन्सको सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रारम्भिक प्रतिवेदन आइसकेको उल्लेख गरे ।
अन्तिम प्रतिवेदन आइसकेपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को प्रावधानअनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने जिकिर गरे । नेपाल नागरिक उड्डयन प्राधिकरण ऐनलाई थप समृद्ध बनाउको लागि सबैले मेहेनतका साथ काम गरी सहयोग गर्न उनले आग्रह गरे ।