१५ बैठक, काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ज्यालासम्बन्धी ज्ञानको अभावमा श्रमिकहरु देशभित्रै शोषित हुनुपरेको बताएका छन् ।
अखिल नेपाल टे«ड युनियन महासंघद्वारा आज काठमाडौंमा आयोजित ‘पूर्ण कार्यान्वयन श्रम अधिकार, सुमधुर औद्योगिक वातावरणको पहिलो आधार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले रोजगारदाताहरुले न्युनतम ज्यालासम्बन्धी सरकारले तोकेको मापदण्ड कार्यान्वयन नगर्दा अनुचित सम्झौता गरेर श्रमिकहरु काम गरिरहेको बताए । उनले नेपालमा न्युनतम तलव १७ हजार रहेको भएपनि अधिकांश मानिसहरु १०, १२ हजारमा हस्ताक्षर गरेर काम गरिराखेको अवस्था रहेकोले यसलाई रोक्नुपर्ने बताए । उनले ज्यालाको समस्या समाधान गर्न एकीकृत सूचना प्रणालीको विकास गर्न जरुरी रहेको बताए । उनले श्रम बजारमा भइरहेका समस्याहरुको समाधान गर्न टे«ड युनिहरुलाई सक्रिय हुन आग्रह गरे । उनले आन्तरिक एवं वैदेशिक रोजगारसँग सम्बन्धीत ऐन, कानूनहरुको पूर्ण कार्यान्वयन गर्न सरकार तयार रहेको समेत बताए । मन्त्री भण्डारीले श्रमिक र आपुर्तिलाई जोड्न नसक्दा मुलुकमा समस्याहरु बढेको बताए ।
मुलुकको रोजगारदाताहरले आवश्यक पर्ने दक्ष जनशक्ति तयार गर्नको लागि एकद्वार नीति अपनाएर अगाडि बढ्नुको विकल्प नभएको उनको भनाइ छ ।