१५ बैशाख, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको जनाएको छ ।
आज एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले ६३ एसपीहरुको सरुवा गरेको बताएको हो । सरुवा सूची अनुसार अनन्तराम शर्मा जिल्ला प्रहरी कार्यालय सिरहा, अनुपम श्रेष्ठको पश्चिम नवलपरासीमा सरुवा भएको छ ।