१५ बैशाख, काठमाडाैं । लोकप्रिय गायक सुशान्त केसीको चर्चित गीत ‘बार्दली’ हिन्दी भाषामा सार्वजनिक गरिएको छ ।
यतिबेला हिन्दी गीतको म्युजिक भिडियोले यूट्युबमा तहल्का मच्चाउन थालेको छ । यो गीतको भिडियो दर्शकले औधि रुचाएका छन । विश्वकै दोस्रो धेरै सब्सक्राइबर भएको युट्युब च्यानल टी-सीरिजबाट सार्वजनकि भएका कारण पनि गीतले धेरै भन्दा धेरै दर्शकको माया पाइरहेको छ । गीतको भिडियोमा गायक केसी आफैँ अभिनेताको रुपमा देखिएका छान् । उनलाई नयाँ गेटअप निकै सुहाएको छ, नृत्य र अभिनयमा आकर्षक ‘अदा’ झल्किन्छ । यद्यपि, भिडियोमा उनकी चिर-परिचित जोडि अर्थात अभिनेत्री आना शर्मा भने हराएकी छिन । ‘उफ’ को भिडियोमा आनाको स्थानमा अभिनेत्री स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ । हुन त यो गीतको वास्तविक भर्सन अर्थात ‘बार्दली’ मा पनि अभिनेत्री खड्का देखिएकी थिइन, तर सुशान्तको नभएर अभिनेता निश्चल वस्नेतको जोडिको रुपमा । तर, उफमा भने स्वस्तिमालाई सुशान्तकै जोडिको रुपमा प्रस्तुत गरिएको छ ।