१५ बैशाख, काठमाडाैं । घाइते पत्रकार सविना कार्कीको आँखाको दृष्टिमा केही सुधार भएको तिलगंगा आँखा अस्पतालका चिकित्सकले बताएका छन ।
हिजो शिक्षक आन्दोलनका क्रममा प्रहरीले हानेको पानीको फोहोराले लागेर गम्भीर चोट लागेकी कार्कीको आँखामा आज सुधार आएको हो । कार्कीले हिजो आधा मिटर टाढामात्र देख्न सकेकी थिइन भने आज उनको दृष्टि एक मिटर पुगेको हो । घाइते कार्कीलाई सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर हुँदै तिलगंगा आँखा प्रतिष्ठान पु¥याइएको थियो । उनको दाहिने आँखामा गम्भीर चोट लागेको छ ।
चोटको कारण आँखामा भरिएको रगत घट्दै गएपछि आज केही टाढा देख्न सफल भएको तिलगंगा आँखा अस्पतालकी चिकित्सक डा। सेवान्त श्रेष्ठले बताइन । चोटको कारण कार्कीको दाहिने आँखाको ढकनी च्यातिएको थियो भने भित्री आँखाको पर्दा र पर्दापछि रगत भरिएको थियो । हिजो आँखा सफा गर्ने, च्यातिएको ढकनी सिलाउने र पर्दा सफा गरिएको छ ।
त्यसैगरी आँखाको दृष्टि जाँच गर्ने आँखाको नशा फुलाउने, रक्तचाप कम गर्ने औषधि पनि दिइएको चिकित्सकले बताएका छन् ।