सोमवार २१ जेष्ठ, २०८२  | Monday 2 June, 2025 

बाबुराम भट्टराईको दिल्लीमा नेपालका लागि चार भारतीय पुर्वराजदुतसँग भेटवार्ता

१५ बैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालका लागि पुर्व राजदुतहरुसँग भेटवार्ता गरेका छन् ।

हाल दिल्लीमा रहेका भट्टराईले नेपालका लागि पूर्व भारतीय राजदूतहरू श्याम शरण, राकेश सूद, रञ्जित रे, मंजिव सिंह पुरीसँग भेटवार्ता गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

यसअघि भट्टराईले भाजपाका वरिष्ठ नेता तथा भारतका रक्षा मन्त्री राजनाथ सिंहबीच भेटवार्ता गरेका थिए । 

भेटमा नेपाल–भारत सम्बन्ध सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा सकारात्मक संवाद भएको उनको सचिवालयले जानकरी दिएको छ । साथै, डा. भट्टराईद्वारा हालै पहलगाम, कश्मीरमा सर्वसाधारणमाथि भएको आतंकवादी हमलाको घोर निन्दा गर्दै गहिरो दुःख व्यक्त गरेका थिए ।

डा. भट्टराई प्रगतिशील नेपाली समाज समिति, भारतको अधिवेशन उद्घाटनको निम्ति भारत भ्रमणमा रहेका छन् ।