१६ बैशाख, काठमाडौं । आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने भएको छ ।
गय रातीसम्म भएको छलफल सहमतिमा पुग्न नसकेपछि आज दिउँसो ३ बजे पुनः वार्ता हुने भएको हो । शिक्षामन्त्री रघुजी पन्तको सचिवालयका अनुसार शिक्षक महासंघका पदाधिकारीलाई यसबारे जानकारी गराइएको छ । शिक्षकहरुसँगको वार्ता सहमतिको नजिक पुगेको तथा आज, भोलिसम्म सहमति गर्ने तयारी रहेको सचिवालयले जनाएको छ ।
हिजो राति भएको छलफलको बिषयमा शिक्षकहरुले आन्तरिक छलफल गरेपछि वार्तामा आउने बताएको जानकारी दिएको पनि शिक्षामन्त्रीको सचिवालयले जनाएको छ । शिक्षकको माग पुरा गर्न ८ अर्ब बढी रकम खर्च हुने बिषयमा शिक्षा मन्त्रालय सहमत हुन नसक्दा सोमवार बसेको बैठक निष्कर्षमा पुग्न नसकेको जनाईएको छ ।