|  

कांग्रेसकाे प्रश्नः संविधान संशोधन गरेर शिक्षकलाई संघ अन्तर्गत राख्न सबै तयार हो ?

१६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले संविधान संशोधन गरेर शिक्षकलाई संघीय सरकारअन्तर्गत राख्न सबै सांसद तयार हो ? भन्दै प्रश्न गरेका छन ।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद तिमल्सिनाले शिक्षकका मागहरू सम्भव भएसम्म सबै पूरा गरेर विद्यालय फर्काउने वातावरण बनाउन माग गरेका हुन । उनले शिक्षकका मागहरु पूरा गर्न २ सय ७५ जना सांसद नै तयार रहेको भन्दै तत्काल सबैले हस्ताक्षर गरेर संविधान संशोधन गरेर संघमा शिक्षकलाई ल्याउने व्यवस्था गर्न आग्रह गरे । उनले शिक्षकलाई स्थानीय तहमा राख्न नहुने माग संविधान संशोधन गरेर पूरा गर्न तयार हुनुपर्ने बताए ।

सरकारमा अहिलेको विपक्षी दलहरू पनि रहिसकेकाले गोहीका आँशु निकालेर केही फाइदा नहुने उनले बताए ।