१६ बैशाख, काठमाडाैं । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको ज्यान गएको छ ।
४९ वर्षीय शाहीको गए राती बराहताल गाउँपालिका-८ सोतखोलामा रहेको बस्तीमा मृत्यु भएको हो । अत्यधिक मदिराका कारण मुखिया शाहीको मृत्यु भएको भनिएकाे छ । तीन जना मुखिया रहेको राउटे समुदायका मुख्य मुखिया सूर्यनारायण हुन । २०७२ जेठमा मुखिया चुनिएका उनी रास्कोटी गोत्रका हुन । एक महिनाअघि मात्रै उनीहरू वीरेन्द्रनगर-१४ छेडामा भेट्ने गरी गिरीघाटबाट छुट्टिएको थिए । २१ घरधुरी वीरेन्द्रनगर-१३ करेखोला किनारामा बसिरहेका छन । मुखिया शाहीको नेतृत्वमा बाँकी २१ घरधुरी बराहतालको सोतकोला किनारा हुँदै श्रीचौर नजिकै पुगेको हो ।
राउटे समुदायको चलनअनुसार तीन वर्षको फरकमा छुट्टाछुट्टै बाँडिने गरेका छन् । राउटे समुदाय दुई राउटे समुदायमा रास्कोटी, स्ववंशी र कल्याय गरी तीन गोत्र छन् । मुखियाको मृत्यु भएपछि यो समुदायको संख्या घटेर १३५ मा झरेको छ ।