शुक्रवार ४ जेष्ठ, २०८२  | Friday 16 May, 2025 

शिक्षकहरूको माग पूरा गर्न सरकार तयार छैन : वर्षमान पुन

१६ बैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले शिक्षकहरूको माग पूरा गर्न सरकार तयार नभएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले शिक्षकसँग भएको वार्ताबारे सदनलाई जानकारी दिन मन्त्रीसमेत तयार नभएको बताएका हुन् । उनले आफूहरूले नै विधेयक सदनमा ल्याएको भन्दै अहिले आफूहरू समर्थन गर्न पनि तयार रहेको बताए । सरकारले शिक्षकहरूप्रति अनुदार मन्त्री ल्याएको आरोप लगाउँदै सार्वजनिक महत्वको प्रस्तावमा समेत छलफल गर्न तयार नभएको बताए ।

सरकार निजी विद्यालय चलाउने सामुदायिक विद्यालय बन्द गर्ने, संसद् छल्ने बाहिर बोल्दै हिँड्ने, आन्दोलनरत शिक्षकसँग वार्ता गर्न तयार नहुने भएकाले यो लोकतान्त्रिक चरित्र नै नभएको जिकिर गरे ।