१६ बैशाख, काठमाडाैं । काठमाडौँ महानगरपालिकाले आफु मातहतका निजी विद्यालयहरुलाई जेठको पहिलो साताभित्र छात्रवृत्ति वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
महानगरले एक सूचना प्रकाशित गर्दै महानगरभित्र संस्थागातविद्यालयहरुले कक्षा १ देखि कक्षा १० मा छात्रवृत्ति उपलब्ध गराउँदा अनिवार्य तथा निशुल्क शिक्षा ऐन, २०७५ तथा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ अनुसार जेहेन्दार, विपन्न, असहाय तथा गरिव, अपाङ्ग, महिला, दलित, जनजाती, द्वन्द्व पीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनु पर्ने बताएको छ ।
साथै यस शैक्षिक सत्र २०८२ मा पनि कक्षा १ देखि १० सम्म विद्यालयमा भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतमा नघट्ने गरी माथि तोकिए बमोजिम छात्रवृत्ति उपलब्ध गराउन विद्यालयको सूचना पाटीमा सूचना टाँस गरी सम्बन्धित विद्यार्थी तथा निजका अभिभावकबाट आवेदन लिई २०८२ जेठ पहिलो हप्ता भित्र छात्रवृत्ति वितरणको व्यवस्था मिलाउनु हुन अनुरोध गरेको छ ।