|  

शिक्षामन्त्री र शिक्षक महासंघबीच वार्ता सुरु

१६ बैशाख, काठमाडौं । शिक्षा मन्त्री रघुजी पन्त र आन्दोलनरत शिक्षक नेताहरुबीच वार्ता सुरु भएको छ । हिजो राति अवेरसम्म बसेको वार्तालाई आज पनि ढिला गरी निरन्तरता दिइएको हो ।

वार्तामा शिक्षक महासंघका अध्यक्ष र उपाध्यक्षसहित चार जना छन् । सरकारका तर्फबाट मन्त्री पन्तलाई शिक्षा मन्त्रालयका सचिवले साथ दिएका छन् । आजको वार्ता ठोस निस्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।