|  

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच आज एकीकरण हुँदै

१७ बैशाख, काठमाडौं । डा.सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी बिच आज एकता घोषणा हुने भएको छ ।

दुवै पार्टी एकताका लागि करिब दुई वर्षदेखि प्रयासरत थिए । नयाँ बन्ने पार्टीको कार्यकारी अध्यक्षमा राउत रहनेछन् भने संरक्षकमा रेशम चौधरी र सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहने सहमति भएको  छ ।

पार्टीको नाम नागरिक जनमत रहनेछ । केन्द्रीय सदस्यहरू आधा–आधा राख्ने सहमति भएको बताइएको छ ।