शुक्रवार १८ जेष्ठ, २०८२  | Friday 30 May, 2025 

हातमा सीप र क्षमता भए डाँडामा बसेर २-३ लाख कमाउन सम्भव छः गगन

१७ बैशाख, काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले डाँडामा बसेर २–३ लाख कमाउन सम्भव रहेको दोहोर्‍याएका छन् ।

पार्टी कार्यालयमा आयोजित कार्यक्रममा आफूले गरेको परिकल्पना सम्भव रहेको बताए। ‘मैले कीर्तिपुरको डाँडा भनेपछि तपाईंहरुलाई एउटा प्रसंग याद आउँछ। एउटा डाँडामा बसेर २–३ लाख कमाउन सकिन्छ भन्ने कुराको मैले परिकल्पना गरे। कतिलाई रमाइलो पनि भयो। तर, त्यो परिकल्पना हो। सपना हो ।

सम्भव पनि छ,’ उनले भने। थापाले कुनै पनि व्यक्तिलाई हातमा सीप र क्षमता दिनसके महिनाको २–३ लाख कमाउन सम्भव रहेको बताए। ‘किन सम्भव छ भन्नुहुन्छ भने हामी ‘नलेज इकोनोमी’मा छिरेका छौं ।

चीनमा जन्मिएका एउटा केटाले डीपसीक बनाए। सिलिकन भ्यालीले अनुमोदन नगर्दा पनि उनले च्याट जिपीटीलाई चुनौती दिन्छु भन्दै गर्दा त्यो के कुराले सम्भव भयो त ? सबै ठाउँमा सम्भावनाको ढोका खुलेको छ,’उनले भने।