१७ बैशाख, काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच मंगलबार शिक्षा मन्त्रालय र सिंहदरबारमा भएको द्विपक्षीय वार्तामा आगामी २१ वैशाखदेखि सुरु हुने कक्षा १२ को परीक्षा सञ्चालन गर्ने विषयमा दुवै पक्ष लचक देखिएका छन्।
शिक्षक महासंघले तोकिएकै मितिमा परीक्षा सञ्चालन हुने प्रतिबद्धता जनाएको छ । वार्ता पछि संचारकर्मीहरुसँग बोल्दै नेपाल शिक्षक महासंघकि सहअध्यक्ष नानुमाया पराजुलीले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने विषयमा आफूहरु जिम्मेवार भएको बताइन् । मंगलबार रातिसम्म चलेको वार्तामा शिक्षक महासंघले सरकारसमक्ष ९ बुँदे माग प्रस्तुत गरेको गरेको छ।
महासंघले राखेको माग मन्त्रिपरिषदबाट पास भएमा महासंघले आन्दोलनको स्वरूप परिवर्तन गर्ने प्रतिबद्धता जनाएको बताए।महासंघले आफ्नो सहमतिको न्यूनतम बिन्दु सरकारलाई दिएको र सरकारले निर्णय गरेमा बुधबार बस्ने महासंघको बैठकले आन्दोलनको मोडालिटीबारे निर्णय गर्ने बताइएको छ । शिक्षक महासंघले चैत २० गतेदेखि विभिन्न माग राखी आन्दोलन गर्दै आएको छ ।