|  

ट्रम्पले मनाए ह्वाइट हाउस प्रवेशको सय दिन

१७ बैशाख, काठमाडौं । चुनावी अभियानमा झैँ विपक्षीमाथि आक्रामक हुँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यालय प्रवेशको सय दिन मनाएका छन् ।

मिचिगनका आफ्ना समर्थकको माझमा उपस्थित समर्थकलाई सम्बोधन गर्दै ट्रम्पले आफ्नो कार्यकाललाई ‘रिभुलेसन अफ कमन सेन्स’ को संज्ञा दिए । आफू अर्थपूर्ण परिवर्तनका लागि सक्रिय रहेको समेत ट्रम्पले बताए ।

ट्रम्पको शासनकालको पहिलो सय दिनमा धेरै आप्रवासी अमेरिका फिर्ता पठाइए । यसै बीचमा उनले नै सुरु गरेको व्यापार युद्धका कारण अर्थतन्त्रमा समस्या देखिएको छ । यसले ट्रम्पको लोकप्रियता ह्वात्तै घटेको छ।